काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको मूल्य बढेको छ । सोमबार सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार ६०० कारोबार भएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

ADVERTISEMENT

आज चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेको छ । सोमबार चाँदी प्रतितोला तीन हजार ५ सय ३५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ३ हजार ४ सय ९० मा कारोबार भएको थियो ।