काठमाडौँ । जेनजी आन्दोलनका सहिदका बालबालिकालाई अध्ययनका लागि गोल्यान ग्रुप, विद्यालय र अभिभावकबिच त्रिपक्षीय सम्झौता भएको छ ।

गोल्यान ग्रुपले गत असोज २४ मा गरेको घोषणालाई कार्यान्वयन गर्ने क्रममा त्रिपक्षीय सम्झौता भएको जनाएको छ ।

ADVERTISEMENT

पहिलो चरणमा छ जना सहिदका नौ बालबालिकालाई शैक्षिक वृत्ति प्रदान गर्ने गरी सम्झौता भएको छ । सम्झौता अनुसार गोल्यान ग्रुपले बालबालिकाको शिक्षामा मासिक ४० हजारको दरले वार्षिक अधिकतम चार लाख ८० हजार रुपैयाँ खर्च बेहोर्ने छ ।

ADVERTISEMENT

उक्त छात्रवृत्तिमा विद्यार्थीको भर्ना मासिक शैक्षिक, खाना तथा खाजा, छात्रावासलगायत सबै शुल्क समावेश गरिएको ग्रुपले जनाएको छ ।

गोल्यान ग्रुपले छात्रवृत्ति रकमको सीमाभित्र रहेर विद्यार्थीलाई उनीहरूको रुचि अनुसार अतिरिक्त क्रियाकलापको खर्चसमेत बेहोर्ने विज्ञप्तिमा उल्लेख छ । सम्झौतामा सामेल बालबालिकाको कक्षा १२ सम्मको शैक्षिक खर्च घोषित आर्थिक प्याकेजको सीमाभित्र रहेर बेहोरिने उल्लेख छ ।

ADVERTISEMENT