काठमाडौं। नेपाल राष्ट्र बैंक, सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग, बालुवाटारले सफाइ सेवा खरिदका लागि मंसिर ११ गतेदेखि बोलपत्र आह्वान गरेको छ। राष्ट्रिय प्रतिष्पर्धात्मक विधिमा एक चरण दुई हुलाक प्रणालीमार्फत केवल इलेक्ट्रोनिक रूपमा प्रस्ताव पेश गर्न सकिने बैंकले जनाएको छ।
बोलपत्रकर्ताले प्राविधिक प्रस्ताव र मूल्य प्रस्ताव छुट्टाछुट्टै हुलाकमा राखी पेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।
योग्य इच्छुकले बोलपत्र कागजात र विस्तृत जानकारी सार्वजनिक खरिद प्रणाली (ई–जीपी) मार्फत हेर्न र डाउनलोड गर्न सक्नेछन्। कागजात डाउनलोड गर्न तोकिएको राजस्व खाता (राष्ट्र बैंक बैंकिङ विभाग, थापाथली) मा शुल्क बुझाउनुपर्ने व्यवस्था छ।
यस परियोजनासम्बन्धी प्रि–बिड बैठक पुस १ गते दिउँसो १ बजे बालुवाटारमै हुनेछ। प्रस्ताव पेश गर्ने अन्तिम मिति पुस १३ गते दिउँसो १२ बजे तोकिएको छ। सोही दिन दिउँसो १ बजे बोलपत्र खोलिनेछ। पेश गरिने बोलपत्र ९० दिनसम्म वैध हुनुपर्नेछ भने बोलपत्र सुरक्षाको रकम बोलपत्र खुल्ने मितिभन्दा ३० दिन थप वैध हुनुपर्नेछ।








