काठमाडौं । भदौ २४ गते जेनजी आन्दोलनका बेला सर्वोच्च अदालत जलाएको आरोपमा तत्कालीन माओवादी विद्यार्थी नेता पक्राउ परेका छन् । ल क्याम्पसका निवर्तमान स्ववियू सभापति विष्णु ढुंगेललाई चितवनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उपत्यका अपराध अनुसन्धान र काठमाडौं प्रहरीको संयुक्त टोलीलाई उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार ढुंगेललाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि काठमाडौं ल्याइँदै गरेको छ । उनीसँग सम्बन्धित केही मुद्दामा अनुसन्धान अगाडि बढिरहेको र सोही सिलसिलामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

ढुंगेलले सर्वोच्च जलाउनुअघि दिएको एक भिडियो सार्वजनिक भएको थियो । त्यसपछि उनी नै सर्वोच्च जलाउन संलग्न रहेको भन्दै प्रहरीमा उजुरी परेको थियो । आफूविरुद्ध समाचार आएपछि ढुंगेलले सर्वोच्च जल्नुमा आफ्नो कुनै भूमिका नरहेको दाबी गरेका थिए । उनी ०७९ मा अनेरास्ववियु क्रान्तिकारीबाट ल क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सभापति पदमा निर्वाचित भएका थिए।

ADVERTISEMENT

सर्वोच्च अदालतले कार्यालय भवनमा आगजनी गर्नेलाई कारबाह्री माग गर्र्दै प्रहरीमा उजुरी दिएको छ । सोहीअनुसार पछिल्ला दिनमा प्रहरीले सर्वोच्च अदालत जलाउनेहरुको खोजी तीव्र पारेको छ ।