काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै राजनीतिक दल चुनावका लागि तयार भइसकेका बताए ।

नेकपा एमालेले पनि निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएपछि मन्त्रिपरिषद् बैठकमा निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सञ्चारमन्त्री खरेलले अब चुनाव हुँदैन कि भन्ने आशङ्का गर्ने ठाउँ नरहेको बताए ।

ADVERTISEMENT

उनले चुनावका लागि राजनीतिक दलहरूको तर्फबाट वातावरण बनिसकेको र सरकारले पनि आवश्यक सुरक्षा योजना बनाएर कार्यान्वयन गर्नतर्फ केन्द्रित भएको स्पष्ट पारे ।

ADVERTISEMENT

यस्तै मन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्कीले नवयुवा आन्दोलनको मर्म र भावना अनुसार आफूलाई अघि बढाएको दाबीसमेत गरे ।