काठमाडौं।  प्रतिनिधि सभा सदस्यमा तनहुँ जिल्ला क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद डा. स्वर्णिम वाग्लेले आफ्नो चुनाव खर्च सार्वजनिक गरेका छन्। निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार उनले चुनावी प्रचार-प्रसारमा कुल २६ लाख ९० हजार ७५४ रुपैयाँ खर्च गरेका छन्।

सांसद वाग्लेको खर्च विवरणमा प्रचार प्रसार सामग्री खरिद तथा प्रिन्टमा सबैभन्दा बढी ६ लाख ५० हजार २९८ रुपैयाँ खर्च भएको देखिएको छ।त्यसैगरी, विद्युतिय प्रचार प्रसारमा ३ लाख ४८ हजार ४६४ रुपैयाँ र खाना, खाजा तथा अस्थायी बसोवासमा ३ लाख ४८ हजार ९०० रुपैयाँ खर्च भएको आयोगले जनाएको छ।