काठमाडौं । आगामी मङ्सिर १६ गते उद्घाटन गर्ने गरी काठमाण्डौं महानगरपालिकाले बागमती कोरिडोरको थापाथलीस्थित नदी किनारामा पार्क निर्माण कार्य लगभग अन्तिम चरणमा छ ।
अहिले व्यायाम गर्न मिल्ने एक्सरसाइज़ जोन, साना बच्चाहरूका लागि प्लेजोनका साथै बेन्च लगायत अन्य विभिन्न सामग्रीहरू राखिएको छ, जसले गर्दा पार्क सुन्दर देखिएको छ ।

निर्माणको अन्तिम चरणमा रहेको सो पार्क वर्षाको समयमा भने बाढीको असर गर्न सक्ने जोखिम उस्तै छ । नदी कोरिडोरमा निर्माण गरिएका यस्ता पार्कहरु उपत्यकामा आएका बाढीले पहिले पनि क्षति पुर्याएको देखिन्छ ।