काठमाडौँ । सरकारी कार्यालय र धेरैजसो विद्यालय पनि आजदेखि खुल्ने भएका छन् ।
जेनजी आन्दोलनक कारण गत मंगलबारदेखि बन्द भएका सरकारी कार्यलय र विद्यालय खुुल्ने भएका हुुन ।

नयाँ सरकारका गठन भएदेखि शनिवारदेखि जनजीवन सामान्य बन्दै गएको छ । सरकारी कार्यलय खुला गरी सेवा नियमित गर्ने बताइएको छ ।

काठमाण्डौ महानगरपालिकाले आजदेखि विद्यालय खुलाएर भोलिदेखि पठनपाठन शुरु गर्ने निर्णय गरेको छ । अरू ठाउँका सरकारी तथा निजी विद्यालयमा पनि पठनपाठन क्रमशः सञ्चालन गर्ने तयारी छ ।

भौतिक संरचनामा क्षति पुगेका विद्यालय तथा अन्य सङ्घसंस्थाले संरचनाको भग्नावशेष हटाउन, सरसफाइ गर्न केही समय लाग्ने हुँदा तत्काल कार्य सञ्चालन गर्न समस्या हुने जनाएका छन् ।

आजदेखि स्थानीय प्रशासनसँग समन्वय गरेर देशभर छोटो तथा लामो दुरीका सार्वजनिक गाडी चलाउन थालिएको यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।