कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबारदेखि भुटानमा सिधा उडान शुरू भएको छ ।
युनिभर्सल टुर्स एण्ड ट्राभल -यूटीटी_ ले यसअघि नै गएको असोज १२ गतेदेखि चारवटा चार्टर उडान गर्ने जनाए पनि विभिन्न कारणले उडान हुन नसकेको अवस्थामा मंगलबारदेखि उडान थालिएको हो ।
भुटान एयरको पोखरा–पारो -भुटान_ सिधा उडान मंगलबारबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट औपचारिक रूपमा शुभारम्भ भएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताए ।







