काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईले माधव खतिवडा (कल्पित) लाई अध्यक्ष बनाएर दल दर्ता गरेका छन् । ‘नागरिक बचाऊ महाभियान’ को नाममा केही वर्षदेखि राजतन्त्रको पक्षमा वकालत गर्दै आएका प्रसाईले प्रवक्ता कल्पितलाई अध्यक्ष बनाएर ‘नागरिक बचाऊ दल’ दर्ता गरेका हुन् ।

आफू सभापति भए पनि पार्टीको मुख्य व्यक्ति दुर्गा प्रसाईं नै भएको कल्पितले बताएका छन्।

ADVERTISEMENT

दललाई प्रमाणपत्र दिनुअघि आयोगले आइतबार हस्ताक्षर सनाखत गराउँदै छ । कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा दुई दर्जन नेता सनाखतका लागि पुगेका छन् ।

पार्टीको उपसभापतिमा ईश्वरीप्रसाद भट्टराई र देवीप्रसाद संग्रौला छन्। पार्टीको महामन्त्री प्रेमकुमार थाम्सुहाङ, सहमहामन्त्री विष्णु बोहरा क्षेत्री, कोषाध्यक्ष सुष्मा रेग्मी रिजाल र प्रवक्ता प्रेम थापा मगर छन्।

ADVERTISEMENT

सदस्यहरूमा रामकुमार कार्की, प्रविन लामा, शक्तिराज शाही, दिवाकरमानसिंह बस्नेत, लुजा राई, रेनुकादेवी खरेल, तुलसाकुमारी खत्री, राजेन्द्रबहादुर दमाई, बिजय थापा, तेजेन्द्र रायमाझी, हरदेव महतो, बलबहादुर तामाङ, नवराज दुलाल, दानुुमाया थापा, रेणु हमाल शाही, दिनेश पाख्रिन, राजु श्रेष्ठ, पुष्पराज भण्डारी, सुरेन्द्रकुमार कार्की र कमला माया क्षेत्री छन् ।

दल दर्ताका लागि आयोगले दिएको कात्तिक मसान्तको समयसीमा आइतबार सकिँदैछ । फागुन २१ को प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि भोलिदेखि मंसिर १० गतेसम्म दल दर्ता गर्न आयोगले आह्वान गरिसकेको छ ।