काठमाडौं। आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा उपभोक्ता मुद्रास्फीति ६.४६ प्रतिशत पुगेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार खाद्यवस्तु, सेवा, आवास तथा स्वास्थ्य सेवाको मूल्य वृद्धि उच्च रहँदा समग्र मुद्रास्फीति मध्यम स्तरमा देखिएको हो।
खाद्यवर्ग अन्तर्गत गेडागुडी, मसला, तरकारी र फलफूलको मूल्य उल्लेख्य रूपमा बढेको छ। सेवा क्षेत्रमा शिक्षा, स्वास्थ्य उपचार र यातायात भाडामा वृद्धि भएको प्रतिवेदनले देखाएको छ।
राष्ट्र बैंकले आयात लागत, आपूर्ति व्यवधान र मौसमी प्रभावका कारण मूल्य वृद्धि भएको उल्लेख गरेको छ।
Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Three-Month-data-of-2082.83






