काठमाडौं । डाटा सेन्टरमा समस्या आएपछि लाइसेन्सको आवेदन बन्द भएको छ।
यातायात व्यवस्था विभागको कार्यालयले सूचना जारी गरेर शुक्रबारदेखि अर्को सूचना नआउन्जेलसम्मका लागि सेवा बन्द गरिएको जानकारी दिएको छ।
कात्तिक १६ गतेदेखि आंशिक रूपमा मात्रै सञ्चालनमा रहेको सेवा आजदेखि बन्द भएको हो। जेनजी आन्दोलनका बेला विभागमा आगजनी हुँदा डाटा सेन्टर र लाखौं प्रति फाइल तथा लाइसेन्स जलेर नष्ट बनेको थियो ।
डेढ महिनाको अथक प्रयासपछि कात्तिक दोस्रो सातादेखि यातायात कार्यालय आंशिक सञ्चालनमा आएको थियो ।







