काठमाडौँ । मधेस सरकार गठनविरूद्ध सर्वोच्च अदालतमा एकै दिन दुई ओटा रिट दर्ता भएका छन ।
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम अर्जुन शाहले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
शाहले १३३ बमोजिम उत्प्रेषण रिट जारी गरी मधेस प्रदेश प्रमुखले गरेको मुख्यमन्त्री नियुक्ति बदर गरी संवैधानिक प्रक्रिया अगाडि बढाउन माग गरेको हुन ।
त्यस्तै,अर्का रक्कीप्रसाद साह र सुजित यादवले पनि मधेस सरकार गठनविरूद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । यो सँगै मधेस सरकार गठनविरूद्ध सर्वोच्चमा दुई वटा रिट दायर गरिएका छन् ।
दुई वटै रिटमा मधेस प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेस प्रदेश सभालाई विपक्षी बनाइएको छ । सो दुवै रिटको पेसी मंगलबार लागि तोकिएको छ ।






