काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ १० पैसा र बिक्रीदर ९२ रुपैयाँ ४९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ३६ पैसा र बिक्रीदर १०० रुपैयाँ ७८ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ १७ पैसा र बिक्रीदर १८५ रुपैयाँ ९५ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।