ललितपुर । ललितपुरका प्रहरी बरिष्ठ प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले नागरिकले घरैबाट प्रहरीको सेवा प्राप्त गर्न सक्ने वातावरण बनाउन लागि परेका बताएका छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरले सोमबार आयोजना गरेको पत्रकार भेटघाटमा प्रहरीले सम्पादन गरिहरेका कामकारवाहीका बारेमा जानकारी गराउँदै बरिष्ठ उपरीक्षक बोगटीले कानूनी राज्यको प्रत्याभूति दिन हामी कुनै कसर राख्दैनौं भन्दै प्रहरी र नागरिक एक रथका दुई पाँग्रा भएको धारणा राखेका हुन ।
उलने भने‘ युट्युव र टिकटकमा आउने गलत सूचनाले समस्या सृजना गरिरहेको छ, सामाजिक सञ्जालमा भ्युजु र ुसस्क्रइभु बढाउने बहानामा समाजलाई नकारात्मक प्रभाव पार्ने काम गर्नु हुँदैन, गलत सुचनाले सबैलाई नकारात्मकतिर धकेल्ने काम गरेको छ, नकारात्मक भाष्य सृजना गरेर गलत प्रभाव पार्ने कामले आन्दोलनको सृजना गर्छ।’
उनले पछिल्लो समय बढिरहेको साइबर अपराध प्रहरी र समाज दुबैको टाउको दुखाई रहेको बताउँदै नागरिकको सचेतनाले नै समस्याबाट वचन सकिने बताए ।
सूचनाको कारणले प्रहरी र पत्रकारको सम्बन्ध निकट हुन्छ, प्रहरीले पनि अनुसन्धानमा प्रभाव नपार्ने सूचना लुकाउनु आवश्यक छैन, सञ्चार माध्यम र प्रहरीको काम उस्तै हो, प्रहरीसंग धेरै समाचार हुने भएकोले पत्रकारहरुको प्रहरीसंग सम्बन्ध हुने हो, तर पत्रकारले देश र शान्ति सुरक्षालाई असर पार्ने गरी पत्रकारिता गर्नु हुँदैन। उनले भने।

ADVERTISEMENT

बरिष्ठ उपरीक्षक बोगटीले पछिल्लो समय सामाजिक सञ्जालका कारण नै आत्महत्या, पारिवारिक वेमेल, सम्बन्ध विच्छेद जस्ता घटनाहरु बढ्दै गरेको अवस्था रहेको भन्दै सामाजिक सद्भाव कायम राख्नका लागि पत्रकारितामार्फत जोड दिन आग्रह गरे ।

ADVERTISEMENT

सामाजिक सञ्जालमा लेख्ने नेपालमा जस्तो स्वतन्त्रता अमेरिका जस्तो लोकतान्त्रिक र विकसित मुलुकमा पनि छैन, अपराध नियन्त्रणका लागि हामीले ध्यान दिनुपर्छ, तर जेनजेड आन्दोलनपछि सर्वसाधारणमा त्रास बढेको छ, प्रहरी र जनताको सम्बन्ध प्रगाढ भएको छ, नागरिक र समाज रहेसम्म प्रहरी रहन्छ, प्रहरी प्रभाग बाँडेगाउँ र इमाडोलको पुनस्निर्माण हुन बाँकी छ, ललितपुरमा २१ थान हतियार लुटिएकोमा १५ थान जलेको र दुई थान हतियार मात्रै प्राप्त हुन बाँकी छ । उनले भने ।

यस्तै जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक चक्रराज जोशीले गत एक महिनामा जिल्लामा १२१ वटा मुद्दा दर्ता भएकोमा ८१ वटा फर्छौट हुन बाँकी रहेको जानकारी दिए ।

ललितपुरमा प्रहरीले गत वर्षभन्दा २० प्रतिशत मुद्दा घटाउने लक्ष्य राखेको जानकारी गराउँदै उनले उजुरी आउनासाथ कतिपय उजुरीका दुई पक्षलाई नै बोलाएर छलफल गराउँदै समस्या समाधानमा ध्यान दिएको बताए ।