काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ ।
त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९० रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०० रुपैयाँ ४२ पैसा कायम गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ २२ पैसा र बिक्रीदर १६० रुपैयाँ ९२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ५६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ७२ पैसा कायम गरिएको छ ।यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।







