काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९३ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०१ रुपैयाँ ८० पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६५ रुपैयाँ ०८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८७ रुपैयाँ ५२ पैसा कायम गरिएको छ ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।







