काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन् ।

यसअघि सात सदस्यीय मन्त्रिपरिषद्लाई विस्तार गर्ने तयारी भएको प्रधनमन्त्री निकट स्रोतले जानकारी दियो ।

ADVERTISEMENT

स्रोतका अनुसार सुधा गौतमलाई स्वास्थ्य, गणपतिलाल श्रेष्ठलाई पर्यटन, खगेन्द्र सुनारलाई श्रम तथा रोजगार र बब्लु गुप्तालाई खेलकुद मन्त्री बनाउन लागिएको छ ।

ADVERTISEMENT

उनीहरुको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरिएको र आजै शपथको तयारी गरिएको बताइएको छ ।