काठमाडौं। रामचन्द्र पौडेल ले सङ्खुवासभाका प्रकाश अधिकारी लाई सङ्घीय संसद्, प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गरेका छन्।राष्ट्रपतिको कार्यालयका अनुसार सभामुखको सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम अधिकारीलाई उक्त पदमा नियुक्त गरिएको हो।
सङ्घीय संसद्, प्रतिनिधिसभा का सचिव पदका लागि गरिएको यो नियुक्तिबारे राष्ट्रपति कार्यालय ले बुधबार विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो।विज्ञप्तिमा अधिकारीलाई संवैधानिक प्रक्रिया पूरा गरी जिम्मेवारी दिइएको उल्लेख गरिएको छ।
संवैधानिक व्यवस्थाअनुसार संसद् सचिव पदमा नियुक्ति सभामुखको सिफारिसमा राष्ट्रपतिबाट हुने प्रावधान रहेको छ।










