काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी २ इकुमा विहिबार विहान खसेको पहिरोले अरनिको राजमार्ग अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोककानुसार बाह्रबिसे–कोदारी लोकमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–२ मा पहिरोले उक्त सडक पूर्ण रुपमा बन्द भएको छ ।
सडक माथिबाट आएको पहिरोले सडक बगाएको छ भने तलबाट भोटेकोशी नदीले कटान गरेपछि सडक भासिएको छ । सडक पूर्ण रुपमा बन्द भएपछि तातोपानी नाका हुँदै राजधानी जान लागेका मालबाहक कन्टेनर भन्सार क्षेत्रमै रोकिएका छन् ।
त्यस्तै यात्रुबाहक बस, साना–ठूला सवारीसाधान, एम्बुलेन्स आउजाउ रोकिएका छन् । त्यसको मार बिरामी, यात्रुलाई परेको छ ।







