काठमाडौं । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा एक कार्गो विमान रनवेबाट चिप्लिएर समुद्रमा खसेको छ । उक्त दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

बीबीसीले स्थानीय सञ्चारमाध्यमहरूमा प्रकाशित समाचारको हवाला दिँदै दुर्घटनामा मृत्यु भएका उनीहरू दुवै जना ‘ग्राउन्ड स्टाफ’ (जमिनमा काम गर्ने कर्मचारी) थिए ।

ADVERTISEMENT

विमान उनीहरू सवार सवारी साधनमा ठोक्किँदा समुद्रमा खसेको थियो । विमान पनि चिप्लिएर समुद्रमा खसेको बीबीसीमा समाचार छ ।

विमानमा सवार चालक दलका चार सदस्यहरूको जीवितै उद्धार गरिएको छ । उनीहरूलाई अस्पताल लगिएको छ ।

ADVERTISEMENT

स्थानीय समयानुसार सोमबार बिहान ३ बजेर ४० मिनेट जाँदा दुर्घटना भएको बताइएको छ ।