काठमाडौँ, नेपाल राष्ट्र बैंकले ५० रुपैयाँका ४२ करोड थान नोट छपाइको जिम्मा चीनको चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई दिएको छ।
उक्त नोट छपाइका लागि राष्ट्र बैंकले चिनियाँ कम्पनीलाई करिब १ अर्ब ४६ करोड ९५ लाख रुपैयाँ तिर्ने भएको छ। हालै नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले पदभार ग्रहण गरेपछि ५० र १,००० रुपैयाँका नोट छपाइको निर्णय गरेका थिए।
नेपाल राष्ट्र बैंकले आगामी दुइ बर्षका लागि नोट छाप्न पोल्याण्डको पोलिस सेक्युरिटिज प्रिन्टिङ, बेलायतको डि ला रुउ इन्टरनेसनल, जर्मनको गिसिक डेभ्रियन्ट करेन्सी टेक्नोलोजी, चीनको चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन, फ्रान्सको अबरथर फिड्युसेरी एसएएस र रसियाको जोइन्ट स्टक कम्पनीलाई सेवाप्रदायकको रुपमा सुचिकृत गरेको छ।
५० रूपैयाँका ४२ करोड थान नोटको मूल्य २१ अर्ब बराबर हुन्छ।





