काठमाडौं । सामाजिक सञ्जाल टिकटक र फेसबुकमार्फत गरिएको स्वतन्त्र आह्वानपछि काठमाडौंको माइतीघर मण्डलामा रसुवा बाढीपीडितका लागि राहत सामग्री संकलन भइरहेको छ।सामाजिक सञ्जालमार्फत जानकारी पाएपछि दक्षिणकाली, भक्तपुर, भैंसीपाटी तथा काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानबाट सर्वसाधारण राहत सामग्री लिएर माइतीघर पुगेका छन्।

सर्वसाधारणले कपडा, खाद्यान्न, खानेपानी, बिस्कुटलगायतका अत्यावश्यक सामग्री संकलन केन्द्रमा ल्याएका छन्। बाढी प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले स्वस्फूर्त रूपमा राहत सामग्री संकलन गरिएको आयोजकहरूले बताएका छन्।

संकलित सामग्रीलाई व्यवस्थित गरी बाढी प्रभावित क्षेत्रमा पठाउने तयारी भइरहेको छ। सामाजिक सञ्जालमा गरिएको सानो आह्वानमा समेत उल्लेख्य जनसहभागिता जुटेपछि राहत संकलन अभियानले गति लिएको आयोजकहरूको भनाइ छ।

ADVERTISEMENT

बाढीबाट रसुवा तथा आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि विभिन्न व्यक्ति, संघसंस्था र समूहले आ–आफ्नो तर्फबाट राहत तथा उद्धारमा सहयोग गरिरहेका छन्। माइतीघरमा भइरहेको यो अभियान पनि नागरिकस्तरबाट गरिएको सहयोगको एउटा उदाहरण बनेको छ।

ADVERTISEMENT

ADVERTISEMENT