काठमाडौं । नेपाल राष्ट्र बैंकले यो वर्षको तिहारमा सुनको सिक्का वितरण नगर्ने भएको छ ।

राष्ट्र बैंकको बबरमहलस्थित टक्सार कार्यालयले तिहारका बेला प्रत्येक वर्ष सुन र चाँदीको असर्फी वितरण गर्दै आएको थियो । तर यसपटक भने जेनजी आन्दोलनका कारण राष्ट्र बैंकले सुनको सिक्का वितरण नगर्ने भएको हो ।

ADVERTISEMENT

राष्ट्र बैंकले चाँदीको मेडालियन (सिक्का) बिक्री गरिरहेको छ । केन्द्रीय बैंकले चार प्रकारका सिक्का बिक्री गरिरहेको छ । सबै सिक्का १० ग्रामका छन् । मूल्य तीन हजार रुपैयाँ तोकिएको छ । एकजनाले एउटा मात्र सिक्का किन्न पाइनेछ ।

सिक्का किन्नका लागि नागरिकताको फोटोकपी वा नागरिकता नम्बर उल्लेख भएको कुनै पनि अन्य परिचयपत्र आवश्यक पर्नेछ ।

ADVERTISEMENT