काठमाडौं । नेपाल र चीन जोड्ने रसुुवाको उत्तरीनाका बाढीको कारण विच्छेत भएपछि यसको विकल्पको रुपमा सिन्धुुपाल्चोकको तातोपानी रहेको छ ।
मंगलबार आएको भोटेकोशी नदिको बाढीको कारणले दुुई देशबीच जोड्ने मितेरी पुुल भत्काएपछि आयात निर्यात ठप्प भएको हो । बाढीको कारण रसुुवा नाका बन्द हुुँदा यसको विकल्पको रुपमा तातोपानी नाका रहेको छ ।
बाढीको कारणले ठुुलो क्षति भएको छ । राष्ट्रिय व्यवसायी महासंघका पुर्व अध्यक्ष नरेश कटुुवालले १५ वटा कन्टेनर बगाएको र बाँकी डुुवेको अवस्थामा रहेको जानकारी दिनुुभयो । बाढीको कारणले तिजलाई लक्षित गरेर ल्याएका ठुलो परिणाममा सामान नष्ट भएको उहाँले जानकारी दिनुुभयो ।
विशेष गरी लत्ताकपडा, रेडिमेड, जुुत्ताचप्पल, हाइड्रोपावरका सामान, विद्युतीय गाडि नष्ट भएको उहाँले जानकारी दिनुुभयो । केरुङ्गमा रहेका दुुई देखि तीन सय कन्टेनर सामान सुरक्षित रहेकाले जतिसक्दो तातोपानी नाकामार्फत फर्काउन उहाँले चीन सरकारलाई आग्रह गर्नुुभयो । केरुङ्गमा आएका सामान फर्काएर तातोपानी नाकाबाट तीन÷चार दिन लगाएर ल्याउन नेपाल सकिने उहाँले जानकारी दिनुुभयो ।
रसुवा भन्सार कार्यलयका अनुसार चालुु आर्थिक वर्षको एघार महिनामा रसुुवाका नाकाबाट ७४ अर्ब २० करोड रुपियाँको सामान आयात भएकोका तीन अर्ब ७ करोड रुपियाँको सामान निर्यात भएको छ । एघार महिनामा ३० अर्ब पाँच करोड रुपियाँ राजस्व संकलन भएको कार्यलयले जनाएको छ ।
नेपालको चीनसँगको व्यापार १३ प्रतिशत रहेको छ । रसुवा नाकाबाट चाउचाउ, हस्तकलापका सामान, तयारी कपडा,नेपाली कागज, मुुर्ति निर्यात हुने गरेका छन । लत्ताकपडा, विद्युुतीय सामान, हाइड्रोपावरका सामान आयात हुुने गरेको छ ।







