काडमाडौं । अनन्या फिल्म्सको निर्माणमा बनेको नयाँ नेपाली चलचित्र ‘जेरी अन टप’ को ट्रेलर सार्वजनिक गरिएको छ। सुयोग गुरुङको निर्देशनमा बनेको चलचित्रमा अनमोल केसी, जसिता गुरुङ र आँचल शर्मा मुख्य भूमिकामा छन्।

‘जेरी अन टप’ एक साहसिक प्रेमकथा हो, जसको कथा नेपालको लुक्ला र मुस्ताङ क्षेत्रमा आधारित छ। चलचित्रको कथा सगरमाथाको फेदीबाट सुरु हुने त्रिकोणात्मक प्रेमकथाका रूपमा प्रस्तुत गरिएको छ।

ADVERTISEMENT

चलचित्रमा अनमोल केसीले फेरि जेरीको भूमिका निभाएका छन्। उनको साथमा आँचल शर्माले श्रेयको र जसिता गुरुङले पेमाको भूमिका निभाएकी छन्। चलचित्रमा केदार घिमिरे, सुष्मा निरौला, निर्मल शर्मा, विपना थापा, भुवन केसीलगायत कलाकारहरूको पनि अभिनय छ।

अभिनेत्री जसिता गुरुङले आफूले निभाएको पात्रप्रति गहिरो लगाव रहेको बताइन्। उनले भनिन्, ‘मैले अहिले गरेको पेमाको क्यारेक्टर सधैं मेरो मुटुसँग नजिक रहन्छ। यसपालि मैले फरक प्रकारको भूमिका गर्न पाएकी छु ।’

ADVERTISEMENT

निर्देशक सुयोग गुरुङद्वारा निर्देशित यो चलचित्र ड्रामा, रोमाञ्च र प्रेम शैलीमा बनेको छ। यसलाई सर्वसाधारण दर्शकका लागि उपयुक्त वर्गीकरण गरिएको छ। ‘जेरी अन टप’ सोज ३१ गत देशभर प्रदर्शनमा आउनेछ।