काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार विश्वव्यापी भन्सार शुल्क बढाउने म्याद ९ जुलाईबाट बढाएर १ अगस्ट कायम गरेका छन्।
उनले १४ देशमा भन्सार शुल्क बढाउने घोषणा पनि गरेका छन् । भन्सार शुल्क वृद्धि भएका देशहरूमा जापान र दक्षिण कोरिया पनि रहेका छन् । ट्रम्पले ती सबै देशहरूलाई औपचारिक पत्र पठाएर भन्सार शुल्क बढाउनेबारे जानकारी दिएका छन् ।
अमेरिकले मलेसिया, कजाकिस्तान, दक्षिण अफ्रिका, म्यानमार, लाओस, थाईल्यान्ड, बंगलादेश, इन्डोनेसिया, ट्युनिसिया, बोस्निया एण्ड हर्जेगोभिना, सर्बिया र कम्बोडियामा पनि भन्सार शुल्क बढाएको छ।







