इलाम । अविरल वर्षासँगै गएको पहिरोमा परी जिल्लाका विभिन्न पालिकामा ३७ जनाको मृत्यु भएको छ । आइतबार अपराह्न १ बजेसम्म प्राप्त विवरणअनुसार चारजना बेपत्ता भएका छन् ।

पहिरोमा परी मृत्यु भएका ११ जनाको शव परीक्षण भइसकेको इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् । क्षतिको विस्तृत विवरण आउनेक्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

ADVERTISEMENT

सूूर्योदय नगरपालिकामा ५ जना, इलाम नगरपालिका –६ मा ६ जना, सन्दकपुर गाउँपालिकामा ६ जना, माङ्सेबुुङमा ३ जना, देउमाई नगरपालिकामा ८ जना, माइजोगमाईमा ८ जना र फाकफोकथुममा १ गरी ३७ जनाको ज्यान गएको इलामका प्रमुख जिल्लाअधिकारी सुनिता नेपालले जानकारी दिनुुभयो ।

प्रजिअ नेपालका अनुुसार सन्दकपुरमा दुुई, माईजोगमाईमा एक र इलाम नपा–६ मा एक गरी ४ जना बेपत्ता छन् । मृतकमध्ये ११ को पोष्टमार्टम भइसकेको छ । अन्यको उद्धार र पोष्टमार्टमका लागि इलाम अस्पताल ल्याइँदै गरेको बताइएको छ ।

ADVERTISEMENT

पछिल्लो दुई दिनमा परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ४९ जना पुगेको छ ।