काठमाडौं, १९ असोज – गत शुक्रबार र शनिबारको वर्षाले पश्चिम नेपाल बाहेकको जनजीवन प्रभावित बनाएको छ। आज मनसुनी वायुको प्रभावले पूर्वी नेपाल थप प्रभावित भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागले आज जारी गरेको बुलेटिनअनुसार दिनभर कोशी प्रदेशका अधिकांश भाग, मधेश प्रदेश र बागमती प्रदेशका केही भागमा वर्षा हुने छ। कोशी प्रदेशका केही जिल्लामा अति भारी वर्षा हुने र कोशी जलाधार क्षेत्रका नदीहरूमा बहाव उल्लेखनीय बढ्ने विभागको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले जानकारी दिए 

ADVERTISEMENT

वर्षाको परिभाषा के हो?

ADVERTISEMENT

मौसमविद्हरूले हल्कादेखि मध्यम, भारी, धेरै भारी र अति भारी वर्षाजस्ता शब्द नियमित प्रयोग गर्छन्। यी प्राविधिक शब्द सर्वसाधारणले नबुझ्ने भएकाले जल तथा मौसम विज्ञान विभागले यिनको स्पष्ट परिभाषा गरेको छ।

वर्षाको मापन कसरि हुन्छ ?

जल तथा मौसम विज्ञान विभागले वर्षाको मात्रा यसरी परिभाषित गरेको छ, १० मिलिमिटरभन्दा कम वर्षालाई हल्का वर्षा मानिन्छ। १० देखि ५० मिलिमिटरसम्मको वर्षालाई मध्यम वर्षाको रूपमा लिइन्छ। ५० देखि १०० मिलिमिटरसम्मको वर्षा भारी वर्षाअन्तर्गत पर्छ। १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी वर्षा भनिन्छ। २०० मिलिमिटरभन्दा माथिको वर्षालाई अति भारी वर्षाको वर्गमा राखिन्छ।