क्यानबेरा । अस्ट्रेलियामा वार्षिक मुद्रास्फीति दर चालु वर्षको अगस्त महिनामा बढेर ३ प्रतिशत पुगेको छ, जुन पछिल्लो १३ महिनामै सबैभन्दा उच्च दर हो। यो वृद्धि महँगीको चपेटामा परिरहेको आम जनजीवनका लागि थप दबाबको संकेत हो।

अस्ट्रेलियाको तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार, उपभोक्ता मूल्य सूचकांक पछिल्ला १२ महिनामा ३ प्रतिशतले बढेको छ, जुन अघिल्लो महिना अगस्तमा २।८ प्रतिशत र जुलाईमा १।९ प्रतिशत मात्र थियो । यो वृद्धिदर सन् २०२४ सालको अगस्त महिनापछिको सबैभन्दा उच्च दर हो, जब महँगी दर ३.५ प्रतिशत पुगेको थियो ।

तथ्यांक कार्यालयका अनुसार महँगी बढ्नुमा मुख्य योगदान आवास खर्चमा ४.५ प्रतिशत वृद्धि, खाद्य र नरम पेय पदार्थमा ३ प्रतिशत वृद्धि तथा चुरोटमा ६ प्रतिशत वृद्धि रहेको छ ।
बिजुली महसुल भने झनै बढी २४.६ प्रतिशतले बढेको छ । सरकारी राहत योजना समाप्त भएपछि यो वृद्धिदर देखिएको हो । राहतको प्रभाव हटाएर हेर्दा बिजुलीको मूल्यवृद्धि ५.९ प्रतिशत मात्र रहेको कार्यालयले जनाएको छ ।

ADVERTISEMENT

राष्ट्रिय बैंकले प्राथमिकता दिने आधारभूत महँगी दर अगस्त महिनामा २.६ प्रतिशत रहेको छ, जुन अघिल्लो महिनाको तुलनामा ०.१ प्रतिशतले घटेको हो ।

ADVERTISEMENT

अस्ट्रेलियाको मौद्रिक नीति समितिले अगस्तमै सार्वजनिक गरेको अनुमानअनुसार, हालको आधा वर्षमा महँगी दर ३ प्रतिशतभन्दा माथि पुग्नेछ र मात्र २०२७ सालको मध्यतिर दुईदेखि तीन प्रतिशतको लक्ष्य भित्र फर्किनेछ ।

ADVERTISEMENT

त्यसैगरी, आधारभूत महँगी दर भने २०२६ र २०२७ सालभर स्थिर रहने अनुमान गरिएको छ ।