काठमाडौं । नेपाल नेपाल टेलिकमको दशैं, तिहारदेखि छठसम्मको अफर ल्याएको छ । नेपालीहरुको महान पर्वको अवसर पारेर आफ्ना ग्राहकहरुका लागि छुट, डाटा र फोनकलको अफर ल्याएको छ ।
सो अफर अन्तर्गत एफटीटीएच प्याकेज जडानमा छुट सहित मोबाइल सेवामा सहुलियत दरका भ्वाइस तथा डाटा प्याकेजहरु सोमबार अर्थात असोज ६ देखि सुरु भएको छ ।
यस अफर अन्तर्गत असोज ६ गतेदेखि ३१ गतेसम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकहरुलाई जडान शूल्कमा ५ सय रुपैयाँ मिनाहा गरेको छ ।
टेलिकमले दशैं तिहार र छठ अफर अन्तर्गत नै जीएसएम सेवाका ग्राहकहरुका लागि ४९९ रुपैयाँमा ५ जीबी फेस्टिवल अनलिमिटेड र ६९९ रुपैयाँमा १० जीबी फेस्टिवल अनलिमिटेड प्रिमियम डाटा प्याकेज उपलब्ध गराइएको छ।
२५० रुपैयाँमा १ हजार मिनेट अल नेट भ्वाइस सुविधा सहितको जोयफूल मिनेटस् र ९९ रुपैयाँमा १ हजार एसएमएस सुविधाको फेस्टिभ म्यासेज प्याकेज समेत सञ्चालनमा ल्याइएको छ ।
यी सबै प्याकेजहरुमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको छ ।
जीएसएम सेवाका प्याकेजहरु असोज ६ गतेदेखि असोज २० गतेसम्म र कार्तिक १ गतेदेखि कार्तिक १० गतेसम्म खरिद गर्ने ग्राहकहरुका लागि लागु हुनेछ । आफ्नो मोबाइलबाट डायल गरेर वा नेपाल टेलिकम एपु प्रयोग गरेर यी प्याकेजहरु खरिद गर्न सकिनेछ ।












