काठमाडौं । जेनजी आन्दोलनका क्रममा काठमाडौं उपत्यकासहित देशका विभिन्न सहरमा ट्राफिक संरचनामा क्षति पुगेको छ । जसकारण अहिलेसम्म सहज ढंगले यातायात व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई सकस पर्दै आएको छ ।

यसैक्रममा हिलटेक समूहले मुलुक पुनर्निर्माण अभियानमा सहयोग गर्ने उद्देश्यले विभिन्न सहयोग हस्तान्तरण गरेको छ। समूहले शुक्रबार १०८ थान १००० लिटर क्षमताका पानीट्यांकी र ५०० थान ट्राफिक कोन नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।

मुख्य सचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले उक्त पहललाई सम्मान गर्दै समूहलाई धन्यवाद दिएका छन् ।

ADVERTISEMENT

हिलटेक समूहले देश पुनर्निर्माण र नागरिक सेवामा योगदान पुर्‍याउन आगामी दिनमा पनि यस्ता सहयोगका कार्य निरन्तर गर्ने प्रतिबद्धता जनाएको छ। ‘संगै मिलेर बलियो नेपाल बनाऔं,’ समूहले आफ्नो सन्देशमा उल्लेख गरेको छ

ADVERTISEMENT

एनएस-प्रमाणित पानी ट्यांकी उत्पादन गर्ने अग्रणी कम्पनी हो। कम्पनीले हालसम्म सबैभन्दा ठूलो बजार हिस्सेदारी ओगट्न सफल भएको छ।

ADVERTISEMENT

हिलटेकले निरन्तर गुणस्तर र ब्रान्ड मूल्यलाई पहिलो प्राथमिकता दिँदै सम्पूर्ण पानी समाधानका लागि पिपिआर/सीपीभिसी पाइपदेखि नयाँ प्रविधियुक्त ट्यांकीसम्म उत्पादन गरिरहेको छ। ‘भोलिको प्रविधि आजका लागि’ भन्ने नाराअनुसार कम्पनीले निरन्तर नवीनतम प्रविधि बजारमा ल्याउँदै आएको छ ।