काठमाडौं । प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सोमबारका लागि तय भएको सुनुवाइ स्थगित भएको छ ।

रिटमा विपक्षी बनाइएका नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीलाई अदालतको म्याद तामेल गर्ने प्रक्रिया पूरा नभएकाले सुनुवाइ अघि बढ्न नसकेको हो ।

ADVERTISEMENT

यसअघि सर्वोच्च अदालतले केसीका नाममा म्याद पठाएको थियो । तर, म्यादमा उनको पद प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उल्लेख भएको भन्दै प्रहरी प्रधान कार्यालयले बुझ्न अस्वीकार गरेको थियो ।

ADVERTISEMENT

त्यसपछि रिट निवेदक कार्कीले केसीको पदनाम सच्याउन माग गर्दै सर्वोच्च अदालतमा छुट्टै निवेदन दिएका थिए । सोही निवेदनका आधारमा केसीलाई प्रहरी महानिरीक्षकका रूपमा उल्लेख गरी सम्बन्धित निवेदन तथा आदेशमा संशोधन गरिएको थियो ।

पदनाम सच्याइए पनि म्याद तामेलीको प्रक्रिया पूरा नभएकाले सोमबार सुनुवाइ हुन नसकेको हो ।

सर्वोच्च अदालतले रिटको अर्को सुनुवाइका लागि नयाँ मिति निर्धारण गरिसकेको छैन ।