काठमाडौं । कुमारी बैंक लिमिटेडले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि विद्युतीय टोल भुक्तानी प्रणाली (एलटीबीएन) बिक्री तथा वितरण सेवा आफ्ना शाखाहरूमार्फत उपलब्ध गराएको छ ।
एलटीबीएन विद्युतीय टोल भुक्तानी प्रणाली हो । यसले सवारीधनीलाई टोल बुथमा नरोकिई छिटो, सहज र नगदरहित रूपमा टोल शुल्क भुक्तानी गर्ने सुविधा प्रदान गर्छ ।
सवारीसाधनमा एलटीबीएनको स्टिकर टाँसेपछि प्रणालीमार्फत स्वतः रकम कट्टा हुने भएकाले टोल शुल्क तिर्न लामो लाइनमा बस्नुपर्ने झन्झट हट्नेछ । यसबाट टोल क्षेत्रमा हुने भीडभाड कम हुनुका साथै यात्राको समयसमेत बचत हुने बैंकले जनाएको छ ।
ग्राहकहरूले सवारीसाधनको ब्लुबुक, नागरिकता वा राष्ट्रिय परिचयपत्र, पासपोर्ट साइजको फोटो र मोबाइल नम्बरसहित नजिकैको कुमारी बैंक शाखाबाट एलटीबीएन प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी, बैंकको वेबसाइटमार्फत एलटीबीएनसम्बन्धी थप जानकारी लिनुका साथै अनलाइन दर्ता प्रक्रिया पनि पूरा गर्न सकिनेछ ।
डिजिटल भुक्तानी तथा आधुनिक बैंकिङ सेवाको विस्तारलाई प्राथमिकता दिँदै आएको कुमारी बैंकले सम्पूर्ण सवारीधनीलाई सहज यात्रा र समय बचतका लागि एलटीबीएन जडान गर्न आग्रह गरेको छ ।












