काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारत भ्रमणमा जाने भएपछि ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाउने भएका छन् ।
प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत जाने भएपछि मन्त्रिपरिषद्को वरियताक्रमअनुसार श्रेष्ठलाई उक्त जिम्मेवारी दिन लागिएको हो ।
प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज औपचारिक भारत भ्रमणमा जाँदैछन् । उनले भारतका राष्ट्रपति र प्रधानमन्त्रीलगायत उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनी भोलि साँझ स्वदेश फर्किनेछन् ।
प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरिसकेको स्रोतले जनाएको छ । उक्त सिफारिसका आधारमा राष्ट्रपतिले श्रेष्ठलाई दैनिक प्रशासनिक कार्य सञ्चालन गर्ने जिम्मेवारी तोक्नेछन् ।












