काठमाडौं । गृहमन्त्री सुधन गुरुङकी आमा भन्दै एक महिलाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कालिकोट घर भई भक्तपुरमा बस्दै आएका छत्र बोगटी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दानबहादुर थापाले जानकारी दिए ।

ADVERTISEMENT

बोगटीलाई मंगलबार भक्तपुरबाट पक्राउ गरिएको हो । उनीविरुद्ध वैयक्तिक गोपनीयताविरुद्धको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

ADVERTISEMENT

बोगटीले ४९ वर्षीया महिलाको भिडियो सार्वजनिक गरेका थिए । उक्त भिडियोमा ती महिलाले गृहमन्त्री गुरुङ आफ्नो छोरा रहेको बताएकी थिइन् । भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

पछि ती महिलाले आफ्नो अनुमतिबिना भिडियो खिचेर सार्वजनिक गरिएको भन्दै वैयक्तिक गोपनीयताविरुद्धको कसुरमा उजुरी दिएको प्रहरीले जनाएको छ ।