काठमाडौं । चीनका लागि नवनियुक्त नेपाली राजदूत डा. कल्याणराज शर्मा आज बेइजिङ प्रस्थान गर्दै छन् ।
शर्माले बुधबार सामाजिक सञ्जालमार्फत आफू राजदूतको जिम्मेवारी सम्हाल्न बेइजिङ जान लागेको जानकारी दिएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार शर्मालाई चीनका लागि नेपाली राजदूत नियुक्त गरेका थिए ।












