काठमाडौं । कुल जीवन बीमाशुल्क आर्जन रकम बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले कुल ५७ अर्ब ५२ करोड २० लाख रुपैंयाँ बीमाशुल्क आर्जन गरेका छन् । यो रकम गत आवको सोही अवधिको तुलनामा झण्डै १७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा जीवन बीमा कम्पनीहरुले कुल ४९ अर्ब २२ करोड ९३ लाख रुपैंयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।
प्राधिकरणका अनुसार चालु आवको असोज मसान्तसम्ममा सबैभन्दा बढी बीमाशुल्क आर्जन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले गरेको छ । यो कम्पनीले कुल १४ अर्ब ७२ करोड ८९ लाख छ हजार रुपैंयाँ कुल बीमा शुल्क आर्जन गर्दा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले चार अर्ब ८३ करोड १७ लाख ६४ हजार रुपैंयाँ आर्जन गरेको छ ।
नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले भने यस अवधिमा सात अर्ब ३६ करोड २६ लाख पाँच हजार रुपैंयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । लाईफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी) लिमिटेड, मेट लाईफ इन्स्योरेन्स कम्पनी र एशियन लाईफ इन्स्योरेन्स कम्पनीले भने चालु आवको असोज मसान्तसम्ममा क्रमशः पाँच अर्ब ४५ करोड ७८ लाख ४७ हजार, एक अर्ब ८६ करोड ७१ लाख ८४ हजार र दुई अर्ब ७८ करोड २५ लाख १० हजार रुपैंयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
यसैगरी आईएमई लाईफ, सन् नेपाल लाईफ र रिलायवल लाईफ इन्स्योरेन्स कम्पनीले पनि चालु आवको असोज मसान्तसम्ममा क्रमशः दुई अर्ब १७ करोड ८२ हजार, एक अर्ब १९ करोड ६५ लाख ९८ हजार र एक अर्ब ८५ करोड नौं लाख २६ हजार रुपैंयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
सिटिजन, सुर्यज्योति र सानिमा रिलायन्स लाईफले पनि चालु आवको असोज मसान्तसम्ममा क्रमशः दुई अर्ब ५२ करोड एक लाख ३७ हजार, तीन अर्ब ५१ करोड ५८ लाख १९ हजार र दुई अर्ब २५ करोड ५८ लाख चार हजार रुपैंयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
प्राधिकरणका अनुसार हिमालयन लाईफ र प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले पनि चालु आवको असोज मसान्तसम्ममा क्रमशः पाँच अर्ब १५ करोड १३ लाख ८५ हजार र एक अर्ब ८४ करोड पाँच लाख २२ हजार रुपैंयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
चालु आर्थिक बर्षको असोज मसान्तसम्म जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्क रकम













