काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘दशैं धमाका २०२६’ अभियानअन्तर्गत नुवाकोटको ककनीका प्रदीप लामाले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जितेका छन्। अभियानमार्फत देशका विभिन्न स्थानका २८ जना उपभोक्ताले मोटरसाइकल र स्कुटरसमेत जितिसकेका छन्।

कार जितेपछि लामाले खुसी व्यक्त गर्दै एउटा क्यानबाट यति ठूलो पुरस्कार जित्ने कल्पनासमेत नगरेको बताए। सुरुमा कार जितेको खबर पत्याउन गाह्रो भएको उल्लेख गर्दै उनले यो आफ्नो परिवारका लागि पनि विशेष खुसीको क्षण भएको बताए। उनले म्याक्स टाइगरलाई धन्यवादसमेत दिएका छन्।

ADVERTISEMENT

कम्पनीका अनुसार अभियानअन्तर्गत हालसम्म १६ जनाले मोटरसाइकल र १२ जनाले स्कुटर जितेका छन्। मोटरसाइकल जित्नेमा विराटनगरका समुद्र पोखरेल, बिर्तामोडका तेजनारायण सिंह, जनकपुरका कुटाल्या कुमार सिंह, बर्दिबासका केशव दाहाल, लालबन्दीका गणेश थापा र लहानका रुपेश महतो छन्।

ADVERTISEMENT

त्यस्तै, बुटवलका रिधम गुरुङ, दाङका राजेन्द्र शर्मा र लीलाधर भण्डारी, धनगढीका मोहन श्रेष्ठ, काठमाडौंका विनोद ढुंगेल र सुमन कर्माचार्य, बनेपाका राजकुमार तामाङ, धादिङका सञ्जोग रिमाल, काभ्रेका सोमबहादुर दुलाल तथा वीरगञ्जका रमेश बस्नेतले पनि मोटरसाइकल जितेका छन्।

स्कुटर जित्नेमा धरानका अनोजकुमार अधिकारी, भैरहवाका दिनेश यादव, बुटवलका नरबहादुर फौगाद, चितवनका गोकर्ण काप्री, पोखराका नोडराज रेग्मी र अनिशा मिजार छन्।

यसैगरी, सुर्खेतका किशोरजंग शाह र झक्कड थापामगर, नेपालगञ्जका लक्ष्मण केसी, धनगढीका अजयकुमार गुप्ता, हेटौंडाकी सुनिता मगराती तथा सिमराका सुधीरकुमार यादवले स्कुटर जितेका छन्।

म्याक्स टाइगरले यस अभियानअन्तर्गत १८ वटा मोटरसाइकल, १८ वटा स्कुटर र एउटा प्रोटोन कार पुरस्कारका रूपमा राखेको थियो। हालसम्म १६ वटा मोटरसाइकल र १२ वटा स्कुटर वितरण भइसकेका छन्। कम्पनीका अनुसार अब दुईवटा मोटरसाइकल र ६ वटा स्कुटर गरी आठवटा पुरस्कार जित्ने अवसर बाँकी छ।

कम्पनीले अभियानमा सहभागी उपभोक्तालाई अझै पनि एउटा क्यानबाट पुरस्कार जित्ने अवसर रहेको जनाएको छ।