काठमाडौं । काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा १० जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा परेका अन्य यात्रुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

मकवानपुर प्रहरीका अनुसार बिहीबार बिहान करिब पौने ६ बजे काठमाडौं–कुलेखानी–भीमफेदी सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६ चिसापानी गढीनजिक माइक्रोबस दुर्घटनामा परेको हो। माइक्रोबस सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

घटनास्थलमा रहेका नेपाल प्रहरीका सई दीपेन्द्र ढकालका अनुसार दुर्घटनामा १० जना गम्भीर घाइते भएका छन्। भीरमा माइक्रोबस खसेकाले अन्य यात्रुको खोजी तथा उद्धारमा कठिनाइ भइरहेको उनले बताएका छन्।

ADVERTISEMENT

घाइतेको उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।

दुर्घटनामा परेको माइक्रोबसको नम्बर खुल्न सकेको छैन। प्रहरीका अनुसार माइक्रोबसमा करिब १३ देखि १४ जना यात्रु रहेको अनुमान छ।