काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुवै खेलमा विराटनगर किंग्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र लुम्बिनी लाइन्सबीच प्रतिस्पर्धा हुनेछ।

आजको पहिलो खेलमा दिउँसो साढे १२ बजे विराटनगर किंग्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्।

ADVERTISEMENT

पाँच खेल खेलेको विराटनगरले दुई खेलमा जित र तीनमा हार बेहोरेको छ। ४ अंकसहित ऊ तालिकाको छैटौँ स्थानमा छ। पाँच खेलमध्ये एकमा मात्र जित निकालेको पोखरा चार खेलमा पराजित हुँदै तालिकाको पुछारमा छ।

ADVERTISEMENT

आजै दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लाइन्स भिड्नेछन्।

पाँच खेल खेलेको कर्णालीले दुईमा जित र तीनमा हार बेहोरेको छ। ऊ अंक तालिकाको सातौँ स्थानमा छ। यता लुम्बिनीले पाँच खेलमध्ये तीनमा जित र एकमा हार बेहोरेको छ। वर्षाका कारण एक खेल रद्द भएपछि लुम्बिनीले विपक्षीसँग अंक बाँडेको थियो। लुम्बिनी तालिकाको तेस्रो स्थानमा छ।