बर्दिया । बर्दियाको बाँसगढी नगरपालिका–५ मोतिपुर जंगलस्थित भित्री सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।

दुर्घटनामा गुलरिया नगरपालिका–११ का २४ वर्षीय ओमकार थारुको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका उनलाई थप उपचारका लागि भारतको लखनउ लैजाने क्रममा मृत्यु भएको हो।

ADVERTISEMENT

दुर्घटनामा बारबर्दिया नगरपालिका–३ बानियाभारका २५ वर्षीय आशिष थारु तथा भारतको लौकाइका १८ वर्षीय सहाबुदिन खान र २०/२२ वर्षीय जमाल खान गम्भीर घाइते भएका छन्।

ADVERTISEMENT

प्रहरीका अनुसार आशिष भे ११ प ८५६७ नम्बरको मोटरसाइकलका चालक हुन्। उनको टाउकोमा चोट लागेको छ। सोही मोटरसाइकलमा पछाडि सवार बाँसगढी नगरपालिका–७ का १८ वर्षीय रमन थारु भने सामान्य घाइते भएका थिए। उपचारपछि उनलाई अस्पतालले डिस्चार्ज गरिसकेको छ।

मंगलबार दिउँसो भे ५ प ९१६१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको भे ११ प ८५६७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा संलग्न दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।