काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले तिहार, नेपाल संवत् र छठ पर्वले परिवार, समाज तथा समुदायबीचको प्रेम, सद्भाव र आपसी विश्वासलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।
तीनै पर्वका अवसरमा शुभकामना सन्देश दिँदै लामिछानेले विविधताबीचको राष्ट्रिय एकता नेपाली पहिचान र संस्कृतिसँग जोडिएका चाडपर्वबाट अझ सुदृढ हुने बताएका छन्।
उनले उज्यालो, उमङ्ग र उत्साहको पर्व तिहार तथा आस्था, श्रद्धा र समर्पणको पर्व छठले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र नयाँ आशा सञ्चार गरोस् भन्ने कामना गरेका छन्।












