काठमाडौँ । दसैँ बिदाका कारण यस वर्षको पहिलो चरणको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रमको मिति सरेको छ।

स्वास्थ्य सेवा विभागका अनुसार यसअघि कात्तिक २ र ३ गते सञ्चालन गर्ने तय भएको कार्यक्रम अब कात्तिक १७ र १८ गते सञ्चालन गरिनेछ।

ADVERTISEMENT

अभियानअन्तर्गत ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ।

ADVERTISEMENT

विभागले निर्धारित मितिमा नजिकैको वितरण केन्द्रमा लगेर आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकलाई आग्रह गरेको छ।