विराटनगर । आर्थिक तथा पदीय अनियमितता र स्वार्थको द्वन्द्वसम्बन्धी गम्भीर आरोप लागेपछि कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले पदबाट राजीनामा दिएका छन्।

पूर्वसचिव गुरागाईंले मंगलबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष लिखित राजीनामा पेस गरेका थिए। प्रदेश प्रमुखको कार्यालयका अनुसार उनको राजीनामा कात्तिक १६ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको छ।

ADVERTISEMENT

प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (९) को खण्ड (क) बमोजिम प्रदेश प्रमुखले राजीनामा स्वीकृत गरेका हुन्।

ADVERTISEMENT

गुरागाईं २०८१ असार २३ गते आयोगको अध्यक्षमा नियुक्त भएका थिए। उनको पदावधि छ वर्षको भए पनि कार्यकाल सकिन अझै चार वर्ष बाँकी रहँदै उनले पद छाडेका हुन्।