काठमाडौं । ओपनर अभिषेक शर्माको विस्फोटक शतकको मद्दतमा भारतले तेस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा न्युजिल्यान्डलाई ६ विकेटले पराजित गरेको छ। जितसँगै भारतले पाँच खेलको सिरिजमा ३–० को अग्रता बनाएको छ।
न्युजिल्यान्डले दिएको १९९ रनको लक्ष्य भारतले १३.२ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो। भारतका लागि अभिषेकले ३८ बलमा अविजित ११३ रन बनाए। उनले ९ चौका र ११ छक्का प्रहार गरे। वैभव सूर्यवंशीले ४५ रनको योगदान दिए। सञ्जु सामसन १८ र श्रेयस अय्यर ५ रनमा आउट भए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १९८ रन बनाएको थियो। घरेलु टोलीका लागि ड्यारिल मिचेलले अविजित ८९ रन बनाए। उनले ५२ बलमा पाँच चौका र पाँच छक्का प्रहार गरे। फिन एलेनले ४० तथा बेभोन ज्याकोबले ३९ रन जोडे।
भारतले यसअघिका दुवै खेल पनि चार विकेटले जितेको थियो। लगातार तीन खेल जित्दै भारतले सिरिज आफ्नो पक्षमा पार्ने सम्भावना बलियो बनाएको छ।








