काठमाडौं । फिफा यू–१५ विश्वकप तथा फुटबल फेस्टिभलमा सहभागी हुन नेपाली टोली बुधबार अजरबैजान प्रस्थान गरेको छ। बिहीबारदेखि सुरु हुने प्रतियोगितामा नेपालले समूह चरणमा ब्राजिल, डिआर कंगो, एल साल्भाडोर, गिनी–बिसाउ र ट्युनिसियासँग प्रतिस्पर्धा गर्नेछ।

तालिकाअनुसार नेपालले शनिबार ट्युनिसियासँग पहिलो खेल खेल्नेछ। आइतबार गिनी–बिसाउ र एल साल्भाडोर तथा सोमबार ब्राजिल र डिआर कंगोसँग प्रतिस्पर्धा गर्नेछ। आयोजकका अनुसार फेस्टिभलमा १९२ देशको सहभागिता रहनेछ।

ADVERTISEMENT

नेपाली टोली

ADVERTISEMENT
  • गोलकिपर: रोमान ब्लोन, रोजेश ओझा
  • डिफेन्डर: मदन तामाङ, प्रनिश राई, सुरज बराइली, सुजित लोप्चन तामाङ
  • मिडफिल्डर: अर्जुन मगर, सन्दिप श्रेष्ठ
  • फरवार्ड: सुनिल दमाइ, आर्यन नेगी तामाङ, मनिष परियार, समर्पण बिक, लेखिस हाङ गुरुङ, उत्कृष्ट चौहान

प्रशिक्षक टोली

  • मुख्य प्रशिक्षक: भीम लामा
  • सहायक प्रशिक्षक: हेम गुरुङ
  • गोलकिपर प्रशिक्षक: मुकुन्द थापा