काठमाडौं । नेपालका लागि एक्साइड ब्याट्रीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले दसैँ तथा तिहारलाई लक्षित गर्दै ‘महा–एक्सचेन्ज धमाका’ योजना सार्वजनिक गरेको छ। सन् २०२६ अक्टोबर १ देखि नोभेम्बर ३० सम्म सञ्चालन हुने यस योजनाअन्तर्गत ग्राहकले पुरानो ब्याट्री साटेर नयाँ एक्साइड ब्याट्री खरिद गर्दा ५० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्न सक्नेछन्।

कम्पनीका अनुसार नेपालभर रहेका सिप्रदी एक्साइडका आधिकारिक बिक्री केन्द्र तथा रिटेलरमार्फत ग्राहकले यो सुविधा लिन सक्नेछन्। चाडपर्वको अवसरमा ग्राहकलाई ब्याट्री खरिद तथा एक्सचेन्जमा सहुलियत उपलब्ध गराउने उद्देश्यले योजना ल्याइएको कम्पनीले जनाएको छ।

ADVERTISEMENT

यस योजनालाई थप आकर्षक बनाउन कम्पनीले क्यासब्याक तथा निःशुल्क सर्भिसिङको व्यवस्था गरेको छ। योजनाको अवधिभर प्रत्येक महिना लक्की ड्रमार्फत १५ जना ग्राहकले ५० प्रतिशतसम्म क्यासब्याक जित्ने अवसर पाउनेछन्।

ADVERTISEMENT

यसका अतिरिक्त ग्राहकले एक पटक निःशुल्क ब्याट्री चेकजाँच तथा सर्भिसिङ सुविधा पनि प्राप्त गर्नेछन्। यसले ग्राहकलाई ब्याट्री खरिदमा छुटसँगै प्रयोग तथा मर्मतसम्बन्धी सेवा लिनसमेत सहयोग पुग्ने कम्पनीको अपेक्षा छ।

‘महा–एक्सचेन्ज धमाका’ योजनामा सहभागी हुन ग्राहकले नेपालभर रहेका सिप्रदी एक्साइडका आधिकारिक बिक्री केन्द्र वा रिटेलरबाट एक्साइड ब्याट्री खरिद गर्न वा पुरानो ब्याट्री साट्नुपर्नेछ।

ADVERTISEMENT

त्यसपछि सिप्रदी स्टार एप (SIPRADI STAR App) मार्फत पेपरलेस वारेन्टी दर्ता गर्नुपर्नेछ। वारेन्टी दर्ता गरेपछि ग्राहक स्वतः क्यासब्याक लक्की ड्रमा सहभागी हुने कम्पनीले जनाएको छ।योजनासम्बन्धी थप जानकारी लिन ग्राहकले कम्पनीका टोल फ्री नम्बर १६६००१५५७७७ वा ९८१५७५५७७७ तथा हटलाइन नम्बर ०१–५९७०३३९ मा सम्पर्क गर्न सक्नेछन्। दसैँ तथा तिहारको अवसरमा ल्याइएको यस योजनाले ग्राहकलाई पुरानो ब्याट्री साटेर नयाँ एक्साइड ब्याट्री खरिद गर्न तथा विभिन्न छुट र सुविधाको लाभ लिन अवसर प्रदान गर्नेछ।