काठमाडौं । कास्कीको पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्री र मोटरसाइकल चालक गरी दुई जनाको मृत्यु भएको छ।

बिहीबार बिहान पोखरा महानगरपालिका–१७ बालोदय चोकस्थित सिद्धार्थ राजमार्गमा बिरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको ग १४ प ४८७९ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएको थियो। त्यसपछि अनियन्त्रित भएको मोटरसाइकल सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

दुर्घटनामा मोटरसाइकल चालक पोखरा महानगरपालिका–१७ निवासी १९ वर्षीय सफलकुमार श्रेष्ठ र लमजुङ घर भई हाल पोखरा–१७ बिरौटामा बस्दै आएका ४५ वर्षीय पैदलयात्री कृष्ण कुमाल घाइते भएका थिए।

ADVERTISEMENT

दुवै जनालाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

ADVERTISEMENT