काठमाडौं । धादिङको गजुरी गाउँपालिका–५ गलौदीमा सडक भासिएपछि मुग्लिन–काठमाडौं सडकखण्ड पूर्ण रूपमा बन्द भएको छ।

शुक्रबार साँझ त्रिशूली नदीले पृथ्वी राजमार्गको सडक कटान गरेपछि सडकको तल्लो भाग भासिएको प्रहरीले जनाएको छ। सडक भासिएसँगै दुवैतर्फको आवागमन अवरुद्ध भएको हो।

ADVERTISEMENT

प्रहरीका अनुसार अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्ड पूर्ण रूपमा बन्द रहनेछ।

ADVERTISEMENT